'नमिल्ला'
लाजै मर्दो जनतासँग ढाँट्न नमिल्ला
सत्तासित स्वाधीनता साट्न नमिल्ला
सुकाइ सुकाइ घाँटी हिजो तिम्ले बोलेको
उन्मुक्तिका ठुला कुरा काट्न नमिल्ला
भन्थेउ त नाथे सत्ता सुङगुरको खोर हो
छि थुकेको थुक आफ्नै चाट्न नमिल्ला
हेर तिम्रो पाइला भा'को धर्ती दिनेलाई
सहिदको बिशाल सँख्या छाँट्न नमिल्ला
No comments:
Post a Comment